झापा : झापाको मेचीनगर नगरपालिका–१० निन्दा पुलमा आज बिहान संयुक्त चेकजाँच टोलीले ठूलो मात्रामा भन्सार छलि सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएकाे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले बिहान १०ः०० बजे विभिन्न सवारी साधनमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइँदै गरेको कपडा तथा जुत्ता बरामद गरेको हो ।
प्रहरीले सारी २०० पिस, स्पोर्ट सुज २०० जोर, फुटबल सुज २० जोर, लोफर जुत्ता सेन्थेटिक १५ जोर, चप्पल ६ जोर बरामद गरेको हो । सामानको कुल मूल्य करिब २ लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले भन्सार छलि रोकथामका लागि चेकजाँचलाई अझ कडाइ गर्ने जनाएको छ ।










































