झापा, ४ पुस । झापाको दमक नगरपालिका–१ बुद्धटोलस्थित रतुवा खोला किनारको काँसघारीभित्र आज साँझ हतियार फेला परेको छ ।
बरामद हतियार गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयबासीले बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए ।
प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर तल उल्लेखित हतियार तथा गोलीगठ्ठा खिया लागेको अवस्थामा फेला पारेको हो ।
बरामद सामग्री
ईन्सास (नं. 31103361) म्याग्जिनसहित – १ थान
ईन्सास (नं. 31103364) म्याग्जिनसहित – १ थान
ईन्सास (नं. 31103512) म्याग्जिनबिनाको – १ थान
३०३ जंगी राउण्ड – १३४ थान
SLR जंगी राउण्ड – ५ थान
INSAS जंगी राउण्ड – २० थान
गोली राख्ने बिन्दुली – ३ थान









































