बिर्तामोड । 

गत भदौ-२४ गते जेनजी आन्दोलनको समयमा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट लागूऔषध मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ परेर प्रहरी ईप्रका अनारमनीकाे  हिरासतमा रहेको समयमा जेनजी आन्दाेलनकाे क्रममा फरार रहेका बिर्तामोडका विशाल गौतमलाई प्रहरीले आज पुन नियन्त्रणमा लिएको हाे  ।

 बिर्तामोड-१ पञ्चकन्या टोल बस्ने गौतमलाई आज दिउसो बिर्तामोड-१ पश्चिम स्टेन्डबाट इप्रका अनारमनीको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । उनकाे बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।