झापाकाे बिर्तामाेड २ मा मुख्य कार्यलय रहेकाे सहारा नेपाल साकोसकाे बिर्तामोडकाे ४ वटा उप एकाईकाे साधारण सभा सम्पन्न भएकाे छ। आज बिर्तामाेड स्थित अग्रेसन भवनमा साधारणसभा सम्पन्न गरेकाे हाे ।
२०८२ पुष १ गते बाट सुरु गरेको ईकागत साधारणसभा अन्तरगत विर्तामोड सेवाकेन्द्रको ४ वटा उप एकाई साधारण सभा आज सम्ममा सम्पन्न भएकाे हाे ।
सहारा नेपाल साकोसले ७ वटा एकाई मार्फत ८६ वटा उप एकाईकाे साधारणसभा सम्पन्न हुने क्रममा रहेकाे छ ।

संस्थाको २९ औ साधारण सभा सम्पन्न गर्दै पुष २१ गते अन्तिम माइन्युट प्रणामीकरण सभा सम्पन्न गर्ने संस्थाले जनाएकाे छ ।
आजकाे अन्तिम उप एकाई साधारण सभामा बिर्तामोड ५ मा रहेको सहारा नेपाल नेपाल साकोस पाथिभरा जेष्ठ नागरिक चौतारीका जग्गादाता स्व. गिरीराज कुमारी प्रसाईका छोरा बुहारी बिबेक केशरी प्रसाई र संगीता बाबा प्रसाईलाई सम्मानपत्र तथा दोषल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।

यसैगरी सेवाकेन्दले काराेबारकाे आधारमा उत्कृष्ट बचतकर्ता तर्फ अनुराग सिंहा, तुलसा ढकाल, गंगा लुईटेल, दिलिप कुमार शर्मा र त्यस्तै ऋणी तर्फ सिजर राजभण्डारी , गंगा प्रसाद चुडाल,तुलसा देवी दहाल बुद्धि प्रसाद घिमिरेलाई संरक्षित पुंजी काेष बापतकाे बाँडफाँड नगद सहित दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे ।
त्यस्तै मृत्यु भएका शेयर सदस्य ज्ञानेन्द्र सेढांईको परिवारलाई १ लाख सहयाेग गरिएकाे थियाे । उनकाे परिवारलाई एक लाखकाे चेक हस्तान्तरण गरिएको थियाे ।

त्यस्तै गरिवि निबारण अन्तरगत सदस्य नम्बर ३५१ शिखर सहारा महिला समुहकी सदस्य पुनम मालीको श्रीमान गोपाल यादवको निधन भएसंगै उनले लिएकाे कर्जा संस्थाले मिनाह गरेकाे छ । निधन भएका गाेपालकाे बुबा बर्ष ७७ बर्षिय भरोसी यादबलाई रु ५ लाख ५० हजारकाे चेक संस्थाले प्रदान गरेकाे बिर्तामाेड अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिए । उनले बुढेसकालमा संस्थाबाट लिएकाे कर्जा मिनाह हुँदा खुसी ब्यक्त गरेका छन् ।

सेवाकेन्द्र उप समिति बिर्तामोड संयोजक कृष्ण बहादुर थापाकाे अध्यक्षता तथा शेयर सदस्य बुद्धि प्रसाद घिमिरेकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
संस्थाका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद निरौलाकाे बिशिष्ट आतिथ्यता रहेकाे थियाे ।
सहयाेग समिति सदस्य सोमलाल लिम्बुले स्वागत गरेकाे कार्यक्रममा अध्यक्षकाे तथा लेखा सुपरिवेक्षणकाे प्रतिबेदन लेखा सुपरिवेक्षण समितिकाे संयाेजक उपेन्द्र ओलीले प्रस्तुत गरेका थिए ।
संस्थाकाे नीति तथा कार्यक्रम मुकुन्द सेन कार्कीले र लेखा परिक्षण प्रतिबेदन बिर्तामाेड अनुगमन अधिकृत घनश्याम रायले प्रस्तुत गरेका थिए ।

बिर्तामाेड क्षेत्रिय समिति धर्मेन्द्र भट्टराईले शुभकामना मनतब्य राखेकाे कार्यक्रमकाे सन्चालन बिर्तामाेड सेवा केन्द्र प्रमुख सागर ओझाले गरेका थिए ।









































