झापा
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ झापाको बिर्तामोडमा आउने भएका छन् । चुनावी अभियानका लागि
उनी यही पुष ९ गते बिर्तामोडको सिटी सेन्टरमा झापा जिल्ला स्तरीय सभालाई सम्बोधन गर्नका लागि आउन लागेकाे आज आयाेजित पत्रकार भेटघाटमा जनाईएकाे हाे ।
श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति झापा जिल्ला अध्यक्ष केशव भण्डारीले कार्यक्रममा जिल्लाभरिका नेता कार्यकर्ताहरुको सहभागिता रहने जानकारी दिए ।
झापामा श्रम संस्कृति पार्टीको जिल्ला समितिसंगै पाँचवटा पालिकामा नगर तथा गाउँपालिका स्तरीय समिति गठन भएको छ । बिर्तामोड , दमक , मेचीनगर , भद्रपुर र बुद्धशान्तिमा समिति गठन भएको हो । आगामी निर्वाचनमा जिल्लाका पाँचवटै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेद्वारी दिने जिल्ला अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रममा केन्द्रीय सचिव प्रविन शेर्मा , केन्द्रीय कोषाध्यक्ष समिता राई , केन्द्रीय सदस्यहरु केवलराम राई , हिमालयप्रकाश कन्दङ्वा , मीका दुलाल , चन्द्रप्रकाश चेम्जोङलगायतको उपस्थिति रहेको थियो ।








































