बिर्तामोड । सहिद नेत्र पार्क खेल मैदानमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं ३ बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा वडा नं ३ ले वडा नं ९ लाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । वडा नं। ३ को लागि आशिष चापागाईंले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरे । वडा नं ९ का राम मर्डीले खेलको अन्त्यतिर सान्त्वना १ गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच बिजेता टोली वडा नं ३ का आशिष चापागाईं भए उनले नगद १ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।
सोमवार सोही मैदानमा भएको दोस्रो वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगिताबाट वडा नं। ३ सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नं. ३ ले वडा न ९ लाई ३–२ गोल अन्तरले पराजित गरेको छ । वडा नं ३ का लागि, बिष्णु सुब्बा, पदम बस्नेत र किशोर ओलीले समान १ गोल गरेका थिए । वडा उमेश राई र राजन मगरले गोल गर्न सफल भए ।
खेलको प्लेयर अफ द म्याच वडा नं ३ का पहिलो गोलकर्ता बिष्णु सुब्बा घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।
भेट्रान्स अन्तर्गतको मंगलबारको क्वाटरफाइनल खेल वडा नं २ र वडा नं १० बीच हुने आयोजकले जनाएको छ । भेट्रान्स प्रतियोगिताको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।








































