अर्जुनधारा

 झापाको अर्जुनधारा नगरपालिका–२ स्थित शान्ति सामुदायिक वनको हाताभित्र एक जना पुरुष मृत फेला परेका छन् । अर्जुनधारा–२ लाप्चेटारका करिब ६५ वर्षीय यमबहादुर लाय मगर मृत अवस्थामा फेला परेका हुन् । आइतबार साँझ करिब ७ बजे उनी आफ्नो पुरानो घरतर्फ गएका थिए ।

उनी घर नफर्किएपछि खोजतलाश गर्ने क्रममा शान्ति सामुदायिक वनभित्र रहेको करिब ६०–७० फिट अग्लो भिरबाट लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीले उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धनमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।