बिर्तामोड । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्ला कार्यसमितिको आयोजनमा तमु ल्होसार पर्व विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छन् । तमु ल्होसारको पूर्व सन्ध्यामा शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालाको पश्चिम पट्टीको खुला मैदानमा आयोजित कार्यक्रममा झापाभरि छरिएर रहेका तमु ९गुरुङ० समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा गुरुङ समुदायको मौलिक परिकारका स्टल, नमुना रोधी घर सजावट गरी दैनिक जीवनमा प्रयोग हुने मौलिक सामग्री प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा कक्षा–१२ मा सर्वोत्कृष्ट अंक प्राप्त गरी उर्तीर्ण विद्यार्थी छात्रतर्फ प्रतिक गुरुङ र छात्रातर्फ सन्दिया गुरुङलाई सम्मान गरिएको थियो ।
तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्ला अध्यक्ष जगत गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति उथान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यमा रहेको थियो ।
कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सचिवालय सदस्य जल कुमार गुरुङ, केन्द्रीय सल्लहाकार मेजर श्याम गुरुङ, केन्द्रीय सदस्य एवम् कोशी प्रदेश प्रमुख आनन्द गुरुङ लगायत नगर इकाई अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईं, उपप्रमुख नरेन्द्र संग्रौला, वडा नं ३ वडाध्यक्ष मदन बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा छेलो हाल्ने, डोरी तान्ने लगायतका विविध खेलकुद गतिविधि सञ्चालन गरिएको थियो । त्यस्तै, चचिर्त लोक दोहोरी कलाकार राजु गुरुङ, सिकिमेली गायक रिवज गुरुङ, झापाका गायक प्रशान्त गुरुङको बेजोड प्रस्तुति रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला महासचिव रामप्रसाद गुरुङ र सांस्कृतिक कार्यक्रमको सञ्चालन केवी गुरुङ र ममता गुरुङले गरेका थिए ।









































