बिर्तामोड ।
एक दशकदेखि बिर्तामोडमा सुनचाँदी व्यवसाय गर्दै आएको सौन्दर्य गहना गृहले आफ्नो सेवा विस्तार गरेको छ । बिर्तामोडस्थित हिकोला रोडमा सौन्दर्यले नयाँ शोरुम सञ्चालन गर्दै सेवा विस्तार गरेको हो ।
ग्राहकको सहजताका लागि सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको सञ्चालक प्रकाश धमलाले जानकारी दिए । सुन मोर्केट नजिकै सेवा दिइरहेको सौन्दर्यले शुक्रवारबाट हिकोला रोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । उद्घाटनको अवसरमा १० दिन विशेष अफर दिइने जनाइएको छ ।
प्रकाश र उनका भाई राम धमलाले सञ्चालन गरिरहेको सौन्दर्य गहना गृहले ८ जनालाई रोजगार प्रदान गरेको छ । सुनचाँदीका गहना बनाउनुका साथै आगामी दिनमा अर्डर अनुसार हिरा समेत उपलब्ध गराउने योजना रहेको अर्का सञ्चालक राम धमलाको भनाई छ ।
सुनचाँदीको व्यवसायमा धमला दाजुभाई चौथो पुस्ता हुन् । जसधन, जसवीर, सविरमान हुँदै चौथो पुस्तामा दाजुभाईले व्यवसायलाई निरन्तरता दिएका हुन् । उनीहरुले व्यवसायसँगै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।










































