झापा
झापाको बिर्तामोडमा प्रथम गुरुभक्त न्यौपाने मेमोरियल इन्टर स्कुल नकआउट फुटबल प्रतियोगिता २०८२ हुने भएको छ।
कञ्चन जङ्गा इङ्लिस सेकेन्डरी स्कुल बिर्तामोड ४ को आयोजनामा यही फागुन ३ गतेदेखि प्रतियोगिताको आयोजना गरिएको स्कुलका संस्थापक प्रिन्सिपल डाक्टर केशवराज न्यौपानेले जानकारी दिए।

उनले विद्यालयका संस्थापक तथा निर्देशक शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व गुरुभक्त न्यौपानेको स्मृतिमा फुटबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए विद्यार्थीहरू भित्र रहेको अन्तर्निहित क्षमतालाई उजागर गर्न र विद्यार्थीहरूलाई मानसिक तथा स्वस्थ राख्नका लागि प्रतियोगिताको आयोजना गरिएको डाक्टर न्यौपानेले जानकारी दिए।
उनले प्रथमपटक आयोजना गरिएको यस प्रतियोगितामा यतावन नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूले सहभागिता जनाउने जानकारी दिए।
आगामी दिनमा यस कार्यक्रमलाई बृहत बनाउँदै झापा जिल्लाभरिका स्कुलहरूलाई समेट्ने योजना समेत बनाएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा एमएटी ,देवकुल, शुक्रराज ,विराट ज्योति, न्युटन्स कोहेड, टावर टेम्पल, देवी मावि, एभरेस्ट, प्रशान्ति, कन्चनजंगा कञ्चन ,सरस्वती एन्जल ,फनमिन, सिदार्थ, गोमेन्द्र ,सरस्वती मावि, निधि कन्काई र सेन्जिबियस स्कुलले सहभागिता जनाउने बताइएको छ। प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ।
विजेता विद्यालयले आकर्षक ट्रफी सहित नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् , दोस्रो हुने विद्यालयले नगद ६००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै तृतीय हुने विद्यालयलाई पनि पुरस्कार प्रदान गरिनेछ।
तेस्रो हुने विद्यालयले नगद ४,५०० ट्रफी मेटल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक दिपक सिटौलाले जानकारी दिए ।










































