झापा । नेपालमा क्रिकेट खेलको लोकप्रियतासँगै खेलकुदको माध्यमबाट बालबालिकाहरू अनुशासन, नेतृत्व क्षमता, टिमवर्क तथा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले यू(१३ ग्रासरूट इन्डो(नेपाल क्रिकेट प्रतियोगिता हुने भएको छ ।

झापाको अर्जुनधारा नगरपालिकामा हुने प्रतियोगितामा नेपालका ८ र भारतका २ गरी १० टोली प्रतियोगितामा सहभागी हुनेछन् । विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रूपैयाँ  पुरस्कार पाउने आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको छ । खेलकुदले खेल क्षेत्रको विकास र खेलाडि उत्पादनमा महत्वपुर्ण सहयोग पुग्ने  अर्जुनधारा नगरका नगर प्रमुख बलदेबसिंह गोम्देनले जानकारी दिए । 

राउन्ड रोबिनका आधारमा खेलिने प्रतियोगित चैत २७ गतेदेखि बैशाख ८ गतेसम्म सञ्चालन हुने अर्जुनधारा नगर खेलकुद विकास समितिको अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए