झापा

झापा । झापाको भद्रपुर २ र ३ को दोभानमा रहेको ऐतिहासिक धार्मिकस्थल कीचकबध परिसरनजिक रहेको मातातीर्थ तथा विष्णु पादुका मन्दिरमा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ ।

puran

सो मन्दिर पसिरमा यही बैशाख ६ गतेदेखि १३ गतेसम्म आयोजना गरिएको महायज्ञको आय–व्यय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

मन्दिर सञ्चालन समितिकी उपाध्यक्ष एवम् महायज्ञ मुल आयोजक समितिकी संयोजक तारादेवी सुवेदीको अध्यक्षतामा मन्दिर सञ्चालक समितिका सचिव काशीनाथ घिमिरेले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको आय–व्यय विवरण अनुसार महायज्ञबाट विभिन्न शीर्षकमा १४ लाख ६४ हजार ७१० रुपैयाँ संकलन भएको छ भने महायज्ञ सञ्चालनार्थ ५ लाख छ हजार पाँच सय रुपैयाँ खर्च भएको छ । 

puran 2

महायज्ञको वचत रकमबाट पुरानो दायित्व ५ लाख ३७ हजार एक सय रुपैयाँ पनि भुक्तानी गरिएको विवरणमा उल्लेख छ । सबै खर्च कटाएर संस्थासँग महायक्षको वचत रकम ४ लाख २१ हजार रहेको जानकारी दिँदै मन्दिरका अध्यक्ष हेमप्रसाद खनालले अक्षयकोषका लागि संकलित रकम अक्षयकोषमा दाखिला गरेर बाँकी रकमले मन्दिर परिसरको सभाहलको भूइँमा टायल्स बिच्छ्याइने जानकारी दिए ।