बिर्तामाेड । झापाको भद्रपुर नगरपालिका–९ मा सञ्चालित ग्यालेक्सी अंग्रेजी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको जनाएको छ। विद्यालयले यस वर्ष परीक्षामा सहभागी ३२ जना विद्यार्थी सबै उत्तीर्ण भएको जानकारी दिएको हो।

शतप्रतिशत नतिजा ल्याउने विद्यार्थीलाई आज सम्मान गरेको छ । भद्रपुर नगरकाे शिक्षा शाखा प्रमुख पवित्रा ढकाल , व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सञ्चालकहरु सुनिल घिमिरे, देव गोयल, रोनक वंशललगायतले विद्यार्थीलाई सम्मान गरेका थिए ।

विद्यालयका अनुसार निरन्तर शैक्षिक गुणस्तर, अनुशासन तथा आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राखिएकाले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जनाएको छ। विद्यालयले यसअघि एसइइ २०८१ मा पनि उत्कृष्ट नतिजा ल्याएको उल्लेख गरेको छ।
विद्यालय व्यवस्थापनका अनुसार २०६१ सालदेखि भद्रपुर–८ सगरमाथा चोक क्षेत्रमा विद्यालय सञ्चालन सुरु गरिएको थियो भने २०७३ सालदेखि भद्रपुर–९ मा करिब ७ बिघा क्षेत्रफलमा फैलिएको परिसरबाट पठनपाठन हुँदै आएको छ।
विद्यालयमा वातानुकूलित (एसी) स्मार्ट कक्षाकोठा, प्रविधिमैत्री शिक्षण प्रणाली, खेलकुद, संगीत, नृत्य तथा अतिरिक्त क्रियाकलापको सुविधा उपलब्ध रहेको जनाइएको छ। साथै अनुभवी तथा दक्ष शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको विद्यालयले जनाएको छ।
विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा व्यवस्थापन संकायतर्फ व्यवसाय अध्ययन तथा कम्प्युटर शिक्षा विषयमा भर्ना खुला गरिएको जानकारी पनि दिएको छ। नेपालभर इसइइ २०८२ को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
विद्यालयका शिक्षक देवीप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले गरेका थिए ।
प्याब्सन तथा अन्य प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएको भद्रपुर ९ प्रणामी टोलमा रहेको विद्यालयमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका लागि आफ्नै खेल मैदान रहेको विद्यालयका सञ्चालक सुनिल घिमिरेले बताए ।
विद्यालयमा स्काउटका साथै नृत्य र संगीतका कक्षाहरु सञ्चालनमा रहेका छन् । कक्षा ५ र ८ को रिजल्टमा भद्रपुर नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल ग्यालेक्सीमा भौतिक रुपमा सुविधा सम्पन्न भवन र कक्षाकोठा रहेको सञ्चालक चम्लागाईंले बताए ।
साढे छ बिघा क्षेत्रफलमा रहेको विद्यालयमा विद्यार्थीको सुविधाका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको छ । प्रिप्राइमेरीका लागि छुट्टै खेल्ने ठाउँको व्यवस्था गरिएको छ ।










































