आइटेल कम्पनीका नयाँ मोडलका मोबाइल फोन सार्वजनिक गरिएको छ । आइटेलको नयाँ मोडल एस २३ र  ए ६० एस सार्वजनिक गरिएको हो । 

आज शुक्रबार झापाको बिर्तामोडमा एक संक्षिप्त कार्यक्रमका आइटेल  र टेक्नो कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल प्रालि काठमाडौले नयाँ मोबाइल सार्वजनिक गरेको हो । 

झापा र इलाम जिल्लाको आधिकारिक बिक्रेता न्यू जुनतारा सप्लायर्स बिर्तामोडको समन्वयमा आइटेल  कम्पनीका नयाँ मोडलका फोन सार्वजनिकीकरण कार्यक्रम गरिएको जनाइएको छ ।  

मोबाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौला, कम्पनीका एरिया सेल्स मेनेजर माधबप्रसाद सुवेदी, शिव बस्नेत, टेक्नोका आधिकारिक बिक्रेता तथा डिलर एशोसिएसनका संयोजक राजु सापकोटा, न्यू जुनतारा सप्लायर्सका सञ्चालक ऋषि भण्डारी लगायतले उक्त मोवाइल फोन संयुक्त रुपमा सार्जजनिक गरेका हुन् । 

कार्यक्रममा कम्पनीका एरिया सेल्स मेनेजर माधबप्रसाद सुवेदीले उक्त मोबाइल फोनका बेशषताका बारेमा अवगत गराएका थिए ।  

आइटेलको नयाँ मोडल एस २३ फोनमा १६ जिबी र्याम र १२८ जिबी इन्टरनल मेमोरी तथा ब्याक क्यामेरा ५० मेघा फिक्सेलको रहेको कम्पनीले जनाएको  छ । 

फोनको बजार मुल्य १५ हजार ८९० रुपैयाँ तोकिएको छ । त्यस्तै आइटेलको नयाँ मोडल मोवाइल फोन ए ६० एसमा ८ जिवी र्याम र १२८ जिबी मेमोरी रहेको जनाइएको छ । उक्त फोनको  मूल्य १२ हजार ६९० रुपैयाँ तोकिएको छ । 

कार्यक्रममा मोबाइल एशोसिएसन बिर्तामोडमा अध्यक्ष युवराज निरौलाले पछिल्लो समय आइटेल र टेक्नो कम्पनीले निम्न तथा मध्यमस्तरका ग्राहकको सुविधालाई ध्यानमा राखेर सुविधा सम्पन्न मोवाइल फोनहरु ल्याउंदै आएको बताए ।

साथै उनले धेरै नाफा कमाउने हेतुले गैरकानुनी काम नगर्न व्यवसायीलाई अनुरोध समेत गरेका थिए । केहि दिन अघि भारतबाट अबैध रुपमा भित्र्याइएको फोनको कारोबार गर्दै आएका बिर्तामोडका एक व्यवसायी कानुनी फन्दामा परेको स्मरण गर्दै उनले पारदर्शी हिसाबले सहि काम गर्न व्यवसायीलाई अनुरोध समेत गरेका थिए । 

झापा र इलामका लागि आधिकारिक बिक्रेता न्यू जुनतारा सप्लायर्सका सञ्चालक ऋषि भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पुष्पा गौतम भण्डारीले गरेकी थिइन् । कार्यक्रममा कम्पनीको मोवाइल फोन बिक्रि वितरण गर्दै आएका खुद्रा व्यवसायी सहित डिलरका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।