झापा ।  बैकिङ कसुर र लागू औषध मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड नगरपालिका वडा नम्बर ४  का ५६ बर्षिय डमरु दास र दमक नगरपालिका वडा नम्बर १ का ५२ बर्षिय खडानन्द भण्डारीलाई पक्राउ गरेको हो ।  

उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको बिभिन्न मितिहरुको फैसला भएर फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतबाट  लागूऔषध मुद्दामा १ बर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका  दास र उच्च अदालत विराटनगर इलाम इजलासको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र ६ लाख ४८ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका  भण्डारीलाई पक्राउ गरी झापा जिल्ला अदालतमा फैसला कार्यान्वयनको लागि उपस्थित गराइएको झापा प्रहरीले जनाएको छ ।