मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकले आज मङ्लबार बिर्तामोडमा प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंमा प्रसाईलाई मोसो दलेको बिरोधमा उनका समर्थकहरु बिर्तामोडको सडकमा निस्कीइका हुन् ।
प्रसाईंका समर्थकहरुले नेपाल आमाको रक्षा गर, नेपाल राष्ट्रको रक्षा गर, आतंकवादी अराजकता मुर्दावाद, देशद्रोही भष्ट्राचारी मुर्दावाद, हाम्रो अभियान जारी छ लगायत नारा लेखीएका प्ले काड सहित नारा लगाएर बजार परिक्रमा गरेका थिए ।
बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्याली बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो । प्रसाईंका समर्थकहरूले दोषीको पहिचान भइसकेकाले अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
प्रसाईंले लघुबित्त, सहकारी र बैंकका कर्मचारी पैसा माग्न आए कालोमोसो दल्ने चेतावनी दिँदै आएका छन् ।










































