बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक नगेन्द्रप्रसाद संग्रौलाले नेकपा माओवादी केन्द्रप्रति पूर्वाग्रह राखेको भन्दै आपत्ती प्रकट गरेको छ ।
उपप्रमुख संग्रौलाले अमर्यादित शब्द बोलेको भन्दै माओवादीले आपत्ति जनाएको हो ।

आज शनिबार पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै संग्रौलाले व्यक्तिगत पूर्बाग्रह राखेर सुनियोजित ढंगले माओवादी केन्द्रका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बासहित सिंगो पार्टीलाई बदनाम गराउने काम गरेको जनाएको हो ।
पार्टी अध्यक्ष राजु आचार्य अग्नि र सचिव मोहन टुडुले नगर उपप्रमुखले पदीय मर्यादा र जिम्वेवारी भुलेर माओवादी पार्टी प्रति पटक पटक पूर्वाग्राही ढंगले कपोकप्लित , भ्रामक र प्रमाणहीन अभिव्यक्ति दिएको जनाएका हुन् ।
माओवादी केन्द्रले विज्ञप्तिमार्फत १६ बर्ष अघिको लेनदेनको बिषयलाई लिएर नियोजित प्रमाण विहिन र झुटा आरोप लगाएर संग्रौलाले राजनीतिक प्रतिशोधको भावनाले गरेको गलत हर्कतको पार्टीले घोर भत्र्सना गरेको छ ।
टेलिफोनमा भएको व्यक्तिगत संवाद सञ्चारमाध्यमलाई उपलब्ध गराएर पार्टी नेताको चरित्रहत्या गरेको जनाउँदै माओवादी केन्द्रले
पदीय मर्यादा र जिम्मेवारी भुलेर पूर्वाग्रही ढंगले कपोकल्पित, भ्रामक र प्रमाणहिन अभिव्यक्ति नदिन उपप्रमुख संग्रौलालाई चेतावनी दिएको छ ।
नगर अध्यक्ष मोहन सुब्बाले पत्रकार भेटघाटमा सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो लेनदेन बिषय नभएको दाबी गरे ।
१६ बर्षअघि पिडित भनिएका महिलाको श्रीमानलाई जग्गा बिक्रीमा सहयोग गरेबापत खुशी भएर सामान्य चिया खर्च दिएको र अहिले आएर त्यसलाई लेनदेनसंग जोडेर राजनीतिक मुद्धा बनाई चरित्र हत्या गर्न खोजिएको बताए ।
प्रमाण पुगेर आफु दोषी ठहर भए कानुन अनुसार सजाय भोग्न तयार रहेको पनि सुब्बाले बताए ।
केही दिन अघि पार्टी अध्यक्ष सुब्बा र बिर्तामोड नगरपालिकाका उपप्रमुख संग्रौलाबीच भनाभन भएको सामग्री बिभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको थियो ।