जिल्ला प्रहरी कार्यालय झापाले झण्डै आठ लाख मूल्य बरावरको बारुदजन्य विस्फोट पदार्थ (पटाका) बरामद गरी नष्ट गरेको छ ।
जिल्लाका विभिन्न सीमा नाकाबाट बरामद गरिएका पटकाजन्य सामग्री जिल्ला प्रहरी कार्यालय भद्रपुरमा नष्ट गरिएको हो । आज शनिबार बिहान पत्रकार सम्मेलन गर्दै प्रहरीले बरामद गरिएका पटकाका बिषयमा जानकारी गराउंदै नष्ट गरेको हो ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्र्याएको प्रतिबन्धित पटाका ७ लाख ९५ हजार ८०० मूल्य बरावरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए ।