सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेटक्वाटर भद्रपुरले भारतसंग सीमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । 

सशस्त्र प्रहरी बल नेपालको “सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा” अनुसार भारतसंग सीमा जोडिएका 

सीमावर्ती वडाका १४ जना  वडाध्यक्ष तथा वडा सदस्यहरुको उपस्थितिमा सरोकारवालासंग अन्तरक्रिया तथा छलफल गरिएको हो । 

गण परिसरमा निमार्ण गरिएको सभाहलमा  सम्पन्न भएको उक्त कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह र समुदायको भूमिकाको पहिचान, सीमावर्ती अपराध तथा गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान, निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वयन गर्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण भद्रपुरका गणपती (एसपी) देवराज अर्यालले जानकारी दिए । 

WhatsApp Image 2023-12-11 at 05.29.07

विभिन्न वडाबाट प्रतिनिधित्व गरेका वडाध्यक्षहरुले सीमामा भएका विभिन्न समस्याहरुको बारेमा अबगत गराएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेटक्वाटरका डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए । 

विशेष गरी लागुऔषध ओसारपसार तथा सेवन, भन्सार छली गरी सामानहरुको अवैध ओसारपसार तथा चोरी तस्करी लगायत गतिविधिहरु नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायहरुको भुमिका सम्बन्धमा छलफल भएको उनले बताए ।  

यसैगरी सीमापार अपराध र अवैध गतिविधि नियन्त्रणका लागी आगामी दिनहरुमा सुचना आदानप्रदान तथा समन्वयको कार्यलाई थप प्रभावकारी बनाउदै लैजाने विषयमा वडाध्यक्षहरुले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।