धनगढी । बैतडीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । सुर्नया गाउँपालिका–३ बिजुल गाउँकी ५७ वर्षीया हरिना विष्टको मंगलबार दिउँसो धारिलो हतियार प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दीपक गिरीले स्थानीय २७ वर्षका तेजबहादुर विष्टले धारिलो हतियार प्रहार गर्दा हरिनाको मृत्यु भएको बताए । प्रहरीले तेजबहादुरलाई मंगलबार दिउँसो नै पक्राउ गरेको छ ।

चन्दले मृतक महिलाका दुई वटा बाख्रा समेत मारेका छन् ।