बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको अध्यक्षमा रोशन सुवेदी चयन भएका छन् । इक्यान झापाको पाचौं बार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिबेशन बाट दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो  । समितिमा निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा चुणामणि प्रसाई   चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पराजुली, बिशाल सिटौला र तुलसी पाठक चयन भएका निर्वाचन समितका संयोजक पुष्पराज भट्टराईले जानकारी दिए । 

इक्यानको खुल्ला सत्र कार्यक्रम झापा अध्यक्ष मिलन ओलीको अध्यक्षतामा   तथा  इक्यानका केन्द्रिय अध्यक्ष   शेषराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो ।  

pic ecan

कार्यक्रममा इक्यान झापाका प्रमुख सल्लाहकार पुष्पराज भट्टराई, नेल्टाका केन्द्रिय सदस्य धमेन्द्र भट्टराई , रोटरी क्लब अफबिर्तामोड मिड टाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती,  बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा इक्यान केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीता शर्मा, महासचिव दीपकराज भूसाल, इक्यान पूर्वाञ्चल शाखाका नवनिर्वाचित अध्यक्षसहित प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो ।

इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए । 

साथै कार्यक्रममा इक्यानलाई महत्वपूर्ण योग्दान पु¥याएको भन्दै संस्थापक अध्यक्ष सुमान शर्मा जमरकट्टेल र अतिरिक्त विभाग प्रमुख अग्नी सापकोटा अनिललाई सम्मान गरिएको थियो ।