बिर्तामोड : झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा ‘मास लाइट’ जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण अनारमनी र बिर्तामोड  नगरपालिका वडा नम्बर ३ को  सहकार्य र स्थानीय युवाहरुको समन्वयमा मास लाइट जडान गरिएको हो । 

 अनारमनी सोसियल युथ क्लबका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेता, कार्यकर्ता लगायत सबैको सामुहिक प्रयासमा सैनिकमोडमा मास लाईट जडान गरिएको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए ।

FB_IMG_1704034984859

हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरी डकैती लगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने वडाध्यक्ष बुढाथोकीको भनाई छ ।  

बिर्तामोड–३ का युवाहरुले  बिर्तामोडलाई उज्यालो बनाउने अभियान अन्तरर्गत मास लाइट जडान गरेको बताउंछन् ।  केहि साता अघि पहिलो पटक बिर्ता बजारमा पनि मास लाइट जडान गरिसकिएको छ ।