भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धन गर्न यस पटक पनि सातौँ संस्करणको भाक्का दिवस भब्य रुपमा मनाइएको छ । सात वर्षदेखि पुस २९ गते झापामा भक्का दिवस मनाइदै आइएको छ । 

कोच राजवंशी समुदायको लोकप्रिय परिकार तथा सांस्कृतिक उत्सवका रुपमा दिवस मनाउन थालिएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । 

 झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा राजवंशी विकास समितिले विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । 

भाक्का दिवसको उक्त कार्यक्रममा झापा, मोरङ लगायतका स्थानबाट हजारौं अतिथिको उपस्थिति रहेको थियो । 

दिवसको अवसरमा आगन्तुकहरुलाई निःशुल्क भाक्का समेत खुवाइको छ ।

अतिथिका लागि एक सय ५० जना महिलाले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाएका थिए भने एक हजार दुई सय केजी सब्जी÷ अचार बनाइएको थियो ।

कार्यक्रममा जातीय झाँकीसहित स्थानीय तथा बाह्य कलाकारको लोक सांस्कृतिक नृत्य लगायतका प्रस्तुति रहेको थियो ।

भाक्का दिवसको अवसरमा झापाको कचनकवल गाउँपालिका, हल्दिबारी र भद्रपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको थियो ।