झापा । बिर्तामोड उद्योग वाणिज्य संघको असान्न फागुन १४ गते हुने निर्वाचनमा लोकतान्त्रिक ब्यवसायीक समूहका  तर्फबाट  अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले विगतका कामको मूल्याङकन गर्न आग्रह गरेको छन् ।

ब्यवसायीका हरेक मुद्धामा सारा काम छाडेर ब्यवसायीका हक  अधिकारका लागि लड्नेलाई मतदाताले मूल्याङकन गर्ने विश्वास लिएका छन् ।

चुनावको बेलामा हल्ला गर्नेहरुले निर्वाचन नजित्ने भन्दै उनले ब्यवसायीका मुद्धामा सबैभन्दा अघि को थियो भन्ने विषयमा मतदाता सचेत रहेको उल्लेख गरे । 

चुनावका बेलामा मत जित्नका लागि विभिन्न प्रलोभन देखाउनेहरु प्रति सचेत बन्दै को दिनरात ब्यवसायीका मुद्धामा केन्द्रित थियो भन्ने विषयलाई गम्भिर रुपमा सोच्न न्यौपानेले सबै मतदाताहरुलाई आग्रह गरेका छन् ।

राजनीतिक आस्था र विचार जुनसुकै स्थानमा भएपनि ब्यवसायीका समस्या समाधान गर्न को धेरै सक्रिय थियो भन्ने विषय बिर्तामोडका मतदाताले नियाली रहेको उल्लेख गरे । बिर्तामोडमा सबै खाले ब्यवसायी रहेकाले उनीहरुको संरक्षण र अधिकारका लागि आफुहरुले मात्रै बोल्न सक्ने न्यौपानेको भनाई छ ।