झापा । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्बाचनका लागि कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका दिपक मित्तल आफूलाई दर्बिला उम्मेद्वारका रुपमा उभ्याउन सफल भएका छन् । बिर्तामोड नगरमा सञ्चालित व्यवसायमा बिर्तामोड नगरपालिकाले दोहोरो कर लगाएको भन्दै त्यसको विरोधमा रहेका मित्तलले  आम व्यवसायीको साथ पाएसंगै आफूलाई दर्बिला उम्मेद्वारका रुपमा उभ्याउन सफल भएका हुन् । 

बिर्तामोडमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका दिपक आफैंमा सफल युवा व्यवसायी हुन् । अमृतभोग स्विट्स एण्ड स्न्याक्स सञ्चालन गरिहेका उनी बिर्तामोड उद्योग वाणिज्य संघमा सदस्य पदमा रहेर काम गरिसकेका छन् । 

यस पटक फागुन १४ मा हुन लागेको निर्वाचनमा समेत सबै व्यवसायीको साथ पाएका उनी कोषाध्यक्ष पदका लागि तयारी गरेका छन् । लोकतान्त्रिक व्यवसायीक समूहका तर्फबाट उम्मेद्वार बनेका उनी अहिले आम मतदातासंग  मत माग्दै  छन् ।  

अहिले व्यवसायमा आएको गिरावटका कराण व्यवसायी हतोत्साही बनेका छन् उनीहरुलाई कसरी टिकाउन सकिन्छ भन्ने चिन्ताले आफूलाई पिरोल्ने गरेको उनको भनाई छ । व्यवसायीमाथि परेका बैंकिङ समस्या, करमा आउने अनेकौं उल्झन लाई निराकरण गर्न उनको साथ हरेक व्यवसायीले लिने गरेको स्थानीय व्यवसायी बताउछन् । सरल र मिजासिलो स्वभावका उनी व्यवसायीक एकतामा जोड दिने गर्छन् । 

रेडिमेन्ट, गार्मेट व्यवसाय सञ्चालन गर्दै विगत १५ वर्षदेखि निरन्तर व्यवसाय सञ्चालन गरिरहेका उनी हाल अमृत भोकका सञ्चालक हुन् । उनी विभिन्न सामाजिक संघ संस्थामा समेत काम गर्नै आइरहेका छन् । मारवाडी युवा मञ्चमा रहरे उनले समुदाय स्तरमा धेरै सामाजिक काम गरेका छन् । जसका कारण उनको चार्चा चुलिएको हो ।