बिर्तामोड– 

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले एथलेटिक्सबाट ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालबाट भाग लिने पहिलो महिला धावक मेनुका राउतलाई उत्कृष्ट नारीका रुपमा सम्मान गरेको छ ।

झापाको बिर्तामोडमा मंगलवार आयोजित समारोहका बीच राउतलाई सम्मान गरिएको हो । खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको कदरस्वरुप राउतलाई यसवर्षको उत्कृष्ट नारी सम्मान प्रदान गरिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी अध्यक्ष कञ्चना सिटौलाले बताइन् ।

कोसी प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर राउतलाई उत्कृष्ट नारीको सम्मान प्रदान गरिएको हो ।

पूर्व अध्यक्ष क्लबको आयोजना र झापाका करिब ५० भन्दाबढी महिला संघ संस्थाको सह आयोजनामा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले स्वागत गरेकी थिइन् ।