बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकूद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइनका प्रतियोगिताको फाइनल विरअमरसिंह माविमा सम्पन्न भएको हो ।
विजेता हुनेहरुमा वादविवाद प्रतियोगिता तर्फ कृतिका आचार्य पहिलो ९निधि मावि०, एलिजा भट्टराई दोश्रो ९निधि मावि० र तेश्रो सृजा काफ्ले ९न्युटन्स मावि० रहेका छन् । यसै गरि निवन्ध लेखन तर्फ पुर्निका यादव पहिलो ९न्युटन्स मावि०, निकिता तामाङ दोश्रो ९एभ्रेष्ट स्मार्ट एकाडेमी०, र दिपशिखा प्रसाई तेश्रो ९नवोदय फनमिन० रहेका छन् ।
यसैगरी स्पोर्ट क्विज तर्फ निरज न्यौपाने, प्रज्वल आचार्य प्रथम ९कञ्चनजंघा मावि०, निश्चल कटुवाल, प्रवेशहाङ लिम्बु दोश्रो ९सरस्वती एन्जल्स० र प्रशन पौडेल,निशान न्यौपाने ९मोहनमाया मावि० रहेका छन् ।
यस्तै पोष्टर डिजाइन तर्फ प्रावि तह रियाना धिमाल पहिलो ९एभरेष्ट स्मार्ट०,सुकुन राजवंशी ९न्युटन्स० र विभुत निरौला तेश्रो ९एसेन्ट एकाडेमी० रहेका छन् । यस्तै निमावि तह तर्फ अन्वेशष ढुंगेल पहिलो ९न्युटन्स०, अनुजा अधिकारी दोश्रो ९निधि मावि० र सविना विश्वकर्मा तेश्रो ९एसेन्ट एकाडेमी० रहेका छन् ।
मावि तह तर्फ उत्प्रेक्षा राजवंशी पहिलो ९विराटज्योति०, प्रेम प्रकाश यादव दोश्रो ९एसेन्ट एकाडेमी० र निनु भट्टराई तेश्रो ९एभरेष्ट एकाडेमी० रहेका छन् ।
यस्तै प्रतियोगिताको पेइन्टिङ,ड्रोइङ तर्फ प्रावि तह अन्तर्गत सुहना सिटौला पहिलो ९न्युटन्स०, इभाना खनाल दोश्रो ९एसेन्ट० र ग्लोरियस गुरुङ तेश्रो ९नवोदय फनमिन० भएका छन् । यस्तै निमावि तह तर्फ चेन्जल राजवंशी पहिलो ९न्युटन्स०, विवेक राजवंशी दोश्रो ९नवोदय फनफिन० र विकास राजवंशी तेश्रो ९एसेन्ट एकाडेमी० भएका छन् ।
मावि तह तर्फ सौरभ टुडु पहिलो ९एसेन्ट०, शृष्टि शाह दोश्रो ९नवोदय० र प्राश्ना खड्का तेश्रो ९एभरेष्ट एकाडेमी० भएका छन् ।
प्रतियोगिताको रनिङ तर्फ विभिन्न तह अन्र्तगत विजेता छनोट गरीएको छ । सबै विधाका विजेताहरुले पहिलो, दोश्रो र तेश्रोले क्रमश ४ हजार,२ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाण पत्रको व्यवस्था गरिएको नगर खेलकूद विकास समितिका सदस्य तथा महोत्सव आयोजक समिति सह–संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो ।
प्रतियोगिताको छनोट चरणमा विधागतरुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकूट हाजिरिजवाफमा ७ जना, पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएका थिए ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले प्रमाण पत्र तथा पुरस्कार प्रदान गर्नु भयो । कार्यक्रममा वडा नम्बर २का वडाअध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य तिला गौतम, न्युटन्स अंग्रेजी स्कुलका प्रिन्सिपल देवेन्द्र हुमागाई, प्रकाश लिङ्देन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।