चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ। आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाईं लगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो।

इजलासले विषयको गाम्भीर्यतालाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको र चैत ४ गतेलाई पेशी तोक्न आदेश गरेको छ।

nagiknews.com