बिर्तामोड ।
झापाको अर्जुनधारामा लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा र कचनकवलका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ६ मा ४ केजी ६५० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार स्थानीय ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल गाउँपालिका ७ का २७ वर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो ।