बिर्तामोड । झापाको बिर्तामोड–२ मा रहेको रामचौक सामुदायिक वनमा व्याम स्थल निर्माणकालागि छुट्याइएको बजेट अन्यत्र रकमान्तरण गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेलले मनोमामनी ढङ्गबाट वनमा छुटिएको रकम अन्ययत्र रकमान्तरण गरेको भन्दै उक्त रकम आफुहरुले नै पाउनु पर्ने माग गर्दै वनका पदाधिकारी तथा स्थानीयले बिर्तामोड नगरमा ज्ञापन बुझाएका छन् । उनीहरुले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापन पत्र बुझाएका हुन् । वनका अध्यक्ष राजु गौतम र सचिव रुपा कोइराला सिग्देलद्वारा हस्ताक्षरित ज्ञापन पत्र उपप्रमुखलाई बझुाइएको हो ।
नगरपालिले दिएको बजेट वडाले आफु खुशी ढङ्गबाट रकमान्तरण गरेको भन्दै तत्काल उक्त निर्णय सञ्चाउन माग गरेका छन् । यदि निर्णय नश्चाए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने अध्यक्ष गौतमले चेतावनी दिए । उनले भने– वडाध्यक्ष पौडेलले रामचौकबासीमाथि खेलबाड गरेका छन् । यस्तो अन्याय विरुद्ध हामी भण्डाफोर कार्यक्रम गर्नेछौं ।
कुनैपनि बजेट रकमान्तरण गर्दा स्थानियको समन्वय गर्नुपर्ने भए पनि वडाध्यक्ष पौडेलले आफुखुशी गरेको बताइएको छ । ज्ञापन पत्रमा भनिएको छ–रामचौकवासीले बिभिन्न कालखण्डमा आएका बाधाअड्चनलाई सामना गर्दै संरक्षण गरिरहेको वनलाई संरक्षण गर्दै मिचिएको जग्गा फिर्ता ल्याउनु त कता हो कता छुट्याइएको रकम समेत जानकारी नदिई राजा महाराजाहरुको जस्तो हुकुमी शैलीमा आफु अनुकल रकमान्तरण गर्नुले रामचौकवासीको स्थानिय निकायप्रतिको आशा र भरोसामा गम्भीर प्रश्न आएको छ ।
बिगतमा तत्कालिन वडाध्यक्ष तथा हालका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले वन संरक्षणमा चासो दिए पनि हालका वडाध्यक्ष पौडेलले बजेट नै कटौति गरेर आफुहरु मथि अन्याय गरेको स्थानीयको भनाई छ । रामचौक सामुदायिक वनको बजेटका बिषयमा तत्काल सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अगाडी बढ्ने चेताावनी दिइएको छ ।
यता ज्ञापन पत्र बुझ्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वडाले गरेको निर्णय गलत भएको बताए । उनले वडाले गरेको निर्णयका विषयमा नगरप्रमुख आए लगत्तै छलफल गर्ने आश्वासन दिए । उनले वनको बजेट कटौति गर्नुको सट्टा थप रकम विनियोजन गर्ने बचन दिए ।