झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर ५ बाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले बिहीवार आज दमक–५ का ४४ बर्षिय यादव राई र दमक–८ का २६ बर्षिय मनोज वोहोरालाई पक्राउ गरेको हो । 

दमक–५ को कामक्ष होटल नजिक रहेको यादव राईको घर कोठामा लागूऔषध विक्री वितरण भइरहेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले घरकोठामा चेकजाँच गर्ने क्रममा ब्राउन सुगर प्लाष्टिक वाहेक ३ ग्राम ५०० मिलिग्राम फेला पारेको थियो ।