बितामोड :  झापाको बिर्तामोड स्थित भद्रपुररोडमा इन्टरनेसनल व्युटीपालर ट्रेनिङ एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ। काठमाडौँमा मुख्य कार्यालय रहेको सेन्टरको पहिलो पटक भद्रपुररोड स्थित हिमालय मेडिकलमाथि बिर्तामोडमा ११औ शाखा सञ्चालनमा आएको हो। 

शाखाको आज एक कार्यक्रमकाबिच प्रमुख अतिथि बिर्तामोड उद्योय बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, इन्टरनेसनल व्युटीपालर ट्रेनिङ एण्ड सर्भिस सेन्टरकी सीइओ पुनम लामिछाने,  जिल्ला सहकारी संघका सदस्य कृष्ण पौडेल लगायतले संयुक्त रूपमा उद्धघाटन गरेका छन् । 

ट्रेनिङ सेन्टरबाट बेसिक, एड्भान्स , फूलव्यूटीसियन लगायतका कोर्ष अध्यापन हुने ट्रेनिङ सेन्टरकी सञ्चालक सुमित्रा पनेरु (सुमी) ले जानकारी दिइन । 

20240427_122015

सेन्टरबाट विदेश जाने इच्छुकका लागि एक महिने विशेष कोर्ष सञ्चालन हुने उनले बताइन् ।  १५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको सेन्टरमा सञ्चालिका सुमी सहित पुष्पा थनेटले प्रशिक्षण दिने जनाइएको छ ।

सीटीइभिटीबाट मान्यता प्राप्त सेन्टरमा फुल मेकअप हुनुका साथै हाइड्रा, आई ल्याबसेस एक्टेन्सन, नेलजेल लगायतका सेवा उपलब्ध हुनेछ भने सिरम, क्रिम, स्किन केयरका सामान पाइने सञ्चालिका सुमीको भनाई छ । 

कार्यक्रममा धौलागिरी पारिजात सहकारीका व्यवस्थापक मोहन प्रसाद पनेरु, बिर्तामोड उद्योग बाणिज्य संघका सह कोषाध्यक्ष तिलोतमा खत्री, महिला उद्यमी संघकी उपाध्यक्ष यशोदा उप्रेती, व्यवसायी सुमित्रा भट्टराई, राधिका चुडाल, तुलसा ढकाल लगायतको आतिथ्य रहेको थियो ।