भद्रपुर । हल्दिवारी गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलाई पति शोक परेको छ । उपाध्यक्ष मैनालीका पति लयप्रसाद मैनालीको  आज साँझ ५।५८ वजे आकस्मिक निधन भएको हो ।

५ छोरी र २ छोराका अभिभावक मैनाली महेन्द्र माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत हुन् ।  मुटुमा समस्या देखिएपछि आज ४ बजे बिर्तामोड स्थिति बिएण्डसी अस्पताल ल्याइएको थियो ।

डाक्टरले उनलाई मृत घोषित गरेको उपाध्यक्षका स्वकीय सचिव लयप्रसाद सिलवालले जानकारी दिएका छन् । पारिवारका अनुसार मैनालीको  भोलि बैशाख २३ गते आइतवार अन्त्यष्टी गरिने छ ।