गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशन विपरीत सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गर्ने क्रम शसस्त्र प्रहरीमा ब्यापक बढिरहेको छ । अन्यत्र दरबन्दी भएका तल्लो दर्जाका शसस्त्र प्रहरी माथिल्लो दर्जाका हाकिमको आशिर्वाद तथा प्रहरी प्रमुखको संरक्षणमा घुमुवा परिचालन भएका हुन् । यहि क्र्रममा सशस्त्र प्रहरी बल , नेपाल सुरक्षा बेश शनिश्चरे झापाले पनि घुमुवा मार्फत असुली धन्दालाई ब्यापकता दिइएको पाइएको हो ।
सशस्त्र प्रहरी बल , नेपाल सुरक्षा बेश शनिश्चरे झापाका प्रमुख डिएसपी गंगादत्त पन्तले घुमुवासमेत परिचालन गरी अवैध तस्करीका गतिविधिमा सेटिङमार्फत असुलीलाई प्राथमिकता दिँदै आएको पाइएको हो ।
उनले बरिष्ठ हवल्दार नेत्र ढकाल र साहयक हवल्दार युवराज नेपाललाई घुमुवाको रुपमा खटाएका हुन् । यी दुवै जनालाई डिएसपी पन्तले परिचालन गरेर आर्थिक लाभ लिंदै आएको प्रहरी स्रोतले जनाएको छ ।

बरिष्ठ हवल्दार ढकाल डिआइजी शम्भु सुवेदीका निकट हुन् । डिआइजी सुवेदीको घर झापा अर्जुनधारा हो । विशेष गरी सशस्त्र प्रहरी बल शनिश्चरेको प्रमुख नै सेटिङ र समन्वयमा लागेका कारण अर्जुनधारामा नदीजन्य सामग्रीको निरन्तर चोरी हुँदै आएको छ । यस बिषयमा साझा अनलाइन न्युजले दुई दिन अघि सशस्त्र प्रहरीको मिलोमतोमा अर्जुनधारामा नदीजन्य पदार्थको तस्करी शिर्षकमा समाचार प्रकाशित गरेको थियो । तर यस बिषयमा नम्बर २ गणका एसपी तुबहादु भण्डारीलाई जानकारी भए पनि उनी मौन बसेका छन् । जसका कारण पनि उनको पनि संमलग्नता आंशका स्थानीयले गरेका छन् ।
डिएसपी पन्तले यी दुई घुमुवा परिचालन गरेर, नदि जन्य ओसार्ने ट्याक्टर, टिपर, पोके ब्यापारी, काठ कारोबारीसंग रकम असुल्दै आएको छन् । उनले सेटिङ नमिलेको खण्डमा र पैसा नदिंदा अनेकौं बाहनामा दुःख दिन्छन् के गर्नु दिनै परो एक कारोबारीले भने ।
उनले काम देखाउन बजार मुल्य भन्दा बढी दररेट राखेर बरामद सामान भन्सार बुझाउने, आधा सामान लुकाउने लगायतका गतिविधि समेत गर्ने गरेको आरोप समेत लागेको छ ।
शस्त्र प्रहरी बलमा इन्टेलिजेन्स ब्युरोबाहेक सादा पोसाकमा घुमुवा परिचालन गर्ने सङ्गठनको नीति नरहेको बताउँदै कहीँ कतै त्यस्तो भएको सप्रमाण फेला परेमा कारबाही गरिने केन्द्रिय प्रबक्ताले जानकारी दिए ।
सीमावर्ती क्षेत्रबाट हुन सक्ने आपराधिक तथा चोरी, तस्करीका घटना नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने जिम्मेवारीका लागि भारतीय सीमावर्ती तथा आसपासका क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ,बिओपीे र गुल्मको गतिविधि पछिल्लो समयमा झापामा अपेक्षाकृत रूपमा प्रभावकारी नभएको नागरिक अगुवाको भनाइ छ ।
https://sajhaonlinenews.com/news/2025/11/04/3726.html








































