पूर्वमा एकीकरण भएको छ वटा आन्दोलनरत पार्टीले चैत ५ गते बिराटनगरमा जनप्रदर्शन गर्ने जनाएको छ ।  आज शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेशको नामका विषयमा असहमति जनाउँदै लिम्बूवान सहित अन्य पार्टीजन्य संगठनले बिराटनगरमा चैत ५ गते प्रदर्शन गर्ने जनाएका  हुन् । 

पहिचानको आन्दोलन ससक्त बनाउन पूर्वमा एकीकरण भएको  सड्घीय लिम्वुवान पार्टी नेपाल लगायतका ६ राजनीतिक घटकले फागुन २८ गते कोसी प्रदेशमा आमहड्ताल समेत  गरेका थिए । 

सड्घीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले कोसी प्रदेशको नामका विषयमा सहमति जनाउन नसकिने भन्दै नामाकरण खारेजीको माग राखेर बिराटनगरमा बृहत प्रदशनि गरिने बताएका हुन् । 

लिम्बुवानसहित का ६ पार्टी तथा बिभिन्न पहिचानबादी संघ÷संगठनले कोशी प्रदेश खारेजको मागसहित बिराटनगर मा शान्तिपुर्ण जनप्रदर्शन गर्ने लगायतका कार्यक्रम तय भएको  सड्घीय लिम्वुवान पार्टी नेपालका कोषाध्यक्ष एलबी पालुङुवाले जानकारी दिए । 

ऐतिहासिक पृष्ठभूमिका आधारमा आत्म निर्णयको अधिकारसहितको लिम्बुवान स्वात्तय राज्यको माग राखी आन्दोलनमा रहेको संघीय लिम्बुवान पार्टीसँग सरकारले राज्य पुर्नरसंरचना गर्दा उनीहरुलाई राष्ट्रिय मुल प्रर्वाहमा समाहित गर्ने गरी २०६४ चैत ६ मा सम्झौता भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

सम्झौता भएको १६ बर्ष बितिसक्दा समेत राज्यपक्षबाट आफुहरुका माग सम्बोधन नगरेको भन्दै लिम्बुवान आन्दोलनरत छ । 

राज्य पुर्नर संरचनापछि बनेको प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरेसँगै लिम्बुवानले सरकारले आफुहरुलाई झुक्याएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सारेका छन् । 

२०६३ को अन्तरिम संबिधानमा उल्लेख भए बमोजिम प्रदेश १ को नामाकरण गरिनु पर्ने उनीहरुको माग छ ।  तत्कालिन शान्तिमन्त्री समेत रहेका रामचन्द्र पौडेलको संयोजकत्वमा ७ दल सम्मेलित वार्ता टोलीमा सहभागी सञ्जुहाङ पालुङ्वा र पौडेलले सहमती पत्रमा हस्ताक्षर गरेका थिए । 

पत्रकार भेटघाटमा कोचिला सघर्ष केन्द्रिय समितिका संयोजक तथा आन्दोलन परिचालन समितिका सदस्य त्रिनारायण राजवंशी, संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष मित्र लिङ्देन, निश्चलता लावती, महासचिव लासिम पालुङ्वा, कोषाध्यक्ष एलबी पालुङुवा, सदस्य बिनोद न्यौपाने, जनमुक्ति पार्टीका सचिव कृष्ण थेवेले आ–आफ्नो भनाई राखेका थिए ।