जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक नरहेको ठहर गरेको छ ।
लामिछानेले झुटो विवरण पेस गरेर नेपाली पासपोर्ट लिएको घटना अनुसन्धान सकेर काठमाडौं प्रहरीले आवश्यक कारबाहीका लागि सरकारीको वकिल कार्यालय पेस गरेको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा लामिछानेविरुद्ध पासपोर्ट दुरुपयोग मुद्दा चलाउन आवश्यक नरहेको प्रस्ताव सरकारी वकिलको कार्यालयमा पठाएको हो ।