नेपाल यातायात मजदुर संघ झापाको अध्यक्षमा यादव  निर्वाचित भएका छन् । 

संघको गत माघ २९ गते ७ औं जिल्ला अधिवेशन भएको थियो । तर बन्दसत्र हुन सकेको थिएन । रोकिएको संघको आज मङ्लबार बिर्तामोड स्थित नेपाली कागं्रेसको पाटी कार्यालयमा भएको बन्द सत्रबाट अध्यक्षमा ओली सर्वसम्मत भएका हुन । 

त्यस्तै संघको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला उपाध्यक्ष बिष्णु लुइंटेल शिवाकोटी, सचिवमा देवनारायण ढुङ्गाना, सह–सचिवमा बिशाल तामाङ मोक्तान र कोषाध्यक्षमा प्रेम श्रेष्ठ सर्व सम्मत चयन भएका हु्न । 

त्यस्तै संघको सदस्यमा गाविन्द तामाङ, कमल राई, तुलसी प्रसाद दाहाल, इन्द्र श्रेष्ठ चयन भएका छन् । १ जना कांकरभिट्टा इकाइबाट सदस्य थपिने बताइएको छ । 

त्यस्तै ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको बताइएको छ । 

कार्यक्रममा ट्रेड यूनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल यातायात मजदुर संघ कोशी प्रदेश अध्यक्ष पूर्ण प्रधान, केन्द्रिय उपाध्यक्ष हरी थापा, नेपाल चिया बगान श्रमीक संघ केन्द्रिय अध्यक्ष दिपक तामाङ, संघको निवर्तमान अध्यक्ष गान्धीप्रसाद भण्डारी लगायतले ओली सहितका पदाधिकारीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । 

ट्रेड यूनियन कांग्रेससंग आबद्ध ५ सय ५० यातायात मजदुर संघमा आबद्ध रहेको जनाइएको छ ।  

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यादव ओलीले आफ्नो कार्यकालमा यातायात मजदुरको हक, हित र अधिकारलागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।