मेचीनगर :  मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पत्रकार मुक्ति पौडेल निर्वाचित भएका छन् ।  आज मङ्लबार भएको निर्वाचनमा पौडेलले अध्यक्षकी प्रतिष्पर्धी बिना तामाङलाई १०२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । पौडेल जनसंसद् दैनिकका सम्पादक हुन् ।  

निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेका अनुसार अध्यक्षमा बिजयी पौडेलले २२१ मत पाएका थिए भने उपबिजयी तामाङले ११९ मत प्राप्त गरेकी थिइन । 

यसैगरी, सचिव पदमा अर्जुन राई २१० मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिष्पर्धी घनश्याम लामिछानेले १३२ मत पाएकी थिइन । 

केन्द्रको निर्वाचनमा ५१० मतदाता थिए । जसमध्ये ३४३ मत खसेको थियो भने ३ मत बदर भएको थियो । महासचिव लगायतका अन्य पदमा पहिल्यै सर्वसम्मत निर्वाचन भइसकेको छ ।

अध्यक्ष पदमा पौडेल र तामाङबीच प्रतिष्पर्धा हुँदा नेपाली कांग्रेस मेचीनगरले तामाङलाई पार्टीको आधिकारिक उम्मेद्वार घोषणा गरेको थियो । पौडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका थिए ।  तामाङलाई नेकपा एमाले र नेकपा माओबादी केन्द्रले समेत समर्थन जनाएका थिए ।

सबै दल एकातिर उभिदा समेत स्वतन्त्र उम्मेद्वार पौडेलले १ सय बढी मतले जित हासिल गरेका हुन् ।