विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ  । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने  अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो । 

कृत्रिम गर्भाधान प्रक्रिया ९एआई०मा धेरै समस्या आउन थालेकाकारण बिर्तामोड र हल्दीबारीका गरि २५ जना पशु प्राविधिकलाई राखेर कार्यक्रमको आयोजना गरीएको पशुपछी तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन ।  

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले किसानले गरेको श्रम खेर जान नदिनका लागि यस प्रकारका समस्या समयमै निराकरण गर्नु पर्ने बताइन । उनले कार्यक्रममा सिकेको कुरालाई व्यवहारमा उतार्न प्राविधिकहरुलाई आग्रह गरिन । 

अन्तरक्रिया पछि गोठ गोठमै पुगेर समस्याका बारेमा पहिचान तथा समाधान गरिने शाखा प्रमुख दाहालले जानकारी दिइन ।  सहभागीहरुलाई सिमेन बैंक लाहानका डा। शुभनाथ महतो र अधिकृत नगेन्द्र प्रसाद महतोले सहजीकरण गर्दै छन्  ।