सरकारले वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयसँगै तिव्र प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीलाई पछि पार्दै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा एक नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा नियुक्त गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जानकारी दि ।

प्रहरी महानिरीक्षकको दौडमा प्रहरी अतिरिक्त महानिरीक्षक वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका थिए । धिरजप्रताप सिंहले उमेर हदका कारण आजबाट अनिवार्य अवकाश पाएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको हो ।