कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । आज काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन भएको हो ।

शुक्रवार सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुले बिरोध प्रदर्शन गरेका हुन् । नागरिकको समस्या समाधान गर्न नसके, प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने प्रदर्शनकारीको माग छ ।


राज्यपक्ष शुरुवाती चरणमा गम्भीर नबनेपनि समय र परिस्थितिले गम्भीर हुन बाध्य गराउने चेतावनी आन्दोलनकारीको छ ।