सन्तोष न्यौपाने , झापा
पूर्वी सीमा स्थित कांकरभिट्टाबाट लागुऔषधको कारोवार घटेको छ । प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ र प्रहरी सक्रियताले लागु औषध कारोबार र प्रयोगकर्ताको सङ्ख्या घटेको इलाका प्रहरी कार्यालय कांकरभिट्टाको तथ्याङ्कले देखाएको छ ।
पूर्वी सीमा स्थित कांकरभिट्टाबाट लागुऔषधको कारोवार घटेको हो । प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ र प्रहरी सक्रियताले लागु औषध कारोबार र प्रयोगकर्ताको सङ्ख्या यो बर्ष घटेको इलाका प्रहरी कार्यालय कांकरभिट्टाका डिएसपी दिपक भारतीले बताए ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷७९ मा प्रहरीमा लागु औषधका ५१ मुद्दा दर्ता थिए । तर अहिले चालु आवको हालसम्म ३१ वटा लागु औषधका मुद्दा दर्ता भएको उनले जानकारी दिए ।
प्रहरीले चालु आवमा २४७ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन, निट्रोसन १५ पिस, पेभन स्पास प्लस १४८ क्याप्सुल लगायतका लागु औषध बरामद गरेको छ । जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुबै तर्पmबाट लागु औषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले पहिला देखी नै संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाउंदै आएको डिएसपी भारती बताउंछन् ।
विशेषतः सीमा नाकामा दुबै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको प्रहरीको भनाई छ ।
यो नाकाबाट अहिले ठूलो परिणामको लागुऔषधको कारोवार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भने बेला बेला भइरहेको छ ।