प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना र्कान्वयन इकाई, झापाको धुलाबारीमा आयोजनामा भएको तीन दिने तालिमको समापन भएको छ ।  

‘सुपारी खेती प्रबिधि तथा उत्पादन व्यवस्थापन’ बिषयक आयोजना भएको जिल्ला स्तरीय ३ दिने तालिम समापन भएको तालिम संयोजक तथा  परियोजना र्कान्वयन इकाई, झापाका प्राविधिक साहयक रबिन निरौलाले जानकारी दिए । 

चैत्र २१ ग्तेदेखि २३ गते सम्म सञ्चालित तालिममा मेचिनगर १,२,३,४ र बुद्धशान्ति गाउंपालिकाको ४,५,६ र कृषि इन्टनबाट १ जना गरी जम्मा २६ जना कृषक सहभागि भएको उनले जानकारी दिए । 

तालिममा डा. शरन कुमार रिजालले प्रशिक्षण प्रदान गरेका थिए । 

सुपारी नर्सरी व्यवस्थापन, सुपारीवालीमा लाग्ने रोग, किरा तथा तीनको व्यवस्थापन, सुपारीको प्रशोधन तथा बजारीकरणका बिषयमा सहभागिलाई प्रशिक्षण प्रदान गरिएको परियोजना र्कान्वयन इकाई, झापाका प्रमुख तथा बरिष्ठ कृषि अधिकृत रबिन्द्र सुवेदीले जानकारी दिए । 

मेचिनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा नेपाल सुपारी खेती विकास संस्था झापाको अध्यक्ष देबीप्रसाद खतिवडा, सुपारी जो सञ्चालन समन्वय समिति संयोजक दिपक गौतम लगायतले मनतब्य राखेका थिए । कार्यक्रममा सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।