निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को केन्द्रिय सदस्यमा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई चुनिएका छन् । 

अध्यक्षमा भने सिल्क एशोसियशनका अध्यक्ष शंकरप्रसाद पाण्डे निर्वाचित भएका छन् ।  निर्यात व्यवसायी महासंघ नेपालको आज शुक्रबार काठमाण्डौंमा भएको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अबिधेशनबाट अध्यक्षमा पाण्डे र केन्द्रिय सदस्य पदमा अलैंची व्यवसायी महासंघका अध्यक्ष भट्टराई सर्वसम्मत  भएका हुन् । 

निर्यात जन्य बस्तुहरुको छाता संगठनको रुपमा रहेको फिनले नयां नेतृत्व प्राप्त गरेको नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान अध्यक्ष तथा नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । 

IMG-20230407-WA0004

नेपाल उद्योग वाणिज्य महासंघको यहि २७ र २८ गते हुन लागिरहेको निर्वाचनमा बस्तुगत तर्फको केन्द्रिय सदस्य पदका उम्मेदवार कार्कीका अनुसार महासंघले निर्यातमा सहजता प्रदान गर्न महासंघको पहिलो साधारणबाट अध्यक्षमा रामबहादुर गुरुङलाई चयन गरेको थियो । 

कार्की पनि संस्थापक अध्यक्ष गुरुङ्गको कार्यकालको सदस्य हुन् । निर्वाचित पश्चात बिर्तामोडका युवा व्यवसायी तथा बिभिन्न संघ संस्थामा आबद्ध भट्टराईले निर्यात प्रबद्धन गर्न, सरकारसंग व्यवसायी तथा उद्योगीका  कुरा राख्न र अन्तराष्ट्रिय मार्केटमा नेपाली बस्तुको निर्यातकालागि लबिङ गर्न आफ्नो भूमिका रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।