प्रथम पाइला अभियानले झापाको अर्जुनधारा १ स्थित दुर्गम क्षेत्रमा  रुपमा रहेको श्री भिमले आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।  

सस्थांको अध्यक्ष मिनु ओली लोहनीले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयका  ५०जना विद्यार्थीलाई  विद्यालय पोशाक वितरण गरेकी हुन् । 

सामाजिक उत्तरदायित्व बहन गर्दै प्रत्येक बर्ष समाजमा यस्तै प्रकारका सामाजिक कार्य गर्दै आएको संस्थाकी अध्यक्ष मिनु ओली लोहनीले जानकारी दिइन् । उनले जन्मदिनमा गरिने फजुल खर्च कटौति गर्दै सहयोग गरेको बताइन् । 

उनले विपन्न समुदायका नागरिक अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई पोशाक खरिदमा भार नपरोस भन्ने आफ्नो दायित्व बोध गर्दै  सहयोग गरेको बताइन । 

अर्जुनधारा १का बडा अध्यक्ष उपेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा भएको पोशाक हस्तान्त्ररण कार्यक्रममा अर्जुनधारा ६ का बडा अध्यक्ष हरिशचन्द्र बास्कोटा ,विद्यालयका प्र.अ. डम्बर प्याकुरेल, स्कुलका अध्यक्ष टकं बराल,अभियानकर्मी दिपा खरेल,लगायतले शुभकामना मनतब्य राख्दै लोहनीले गरेको कार्यको प्रशंसा गरेका थिए ।