सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ट्राफिक  सचेतना मुलक सामाग्री हस्तान्त्ररण गरेको छ । आज सोमवार विर्तामोडमा एक कार्यक्रमका बिच  सहारा नेपाल साकोसको विर्तामोड सेवा केन्द्रले जिल्ला ट्राफिक प्रहरी कार्यलय झापालाई बिभिन्न ट्राफिक संकेत समावेश सन्देशमुलक  सामाग्री हस्तान्त्ररण गरेको हो । 

२८ औं स्थापना दिवसको अवसर पारेर साकोसले ट्राफिक प्रहरीलाई नो पार्किङ होडिडं वोर्ड ,व्यानर,पम्पेट,लगायतका सामाग्री प्रदान  गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख लक्ष्मी प्रसाद रिजालले जानकारी दिए । 

मेटरसाइकल चलाउंदा अनिर्वाय हेलमेटको प्रयोग गरौं,  मोवाइल  फोनमा कुरा गर्दै सवारी नचलाऔं लगायतका सन्देशमुलक सुचना प्रेसीत बोर्डहरु प्रदान गरिएको थियो ।  

340169659_743811940699900_513644694123228844_n

विर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसार्इको प्रमुख आथित्यतामा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश तथा संस्थाको प्रगतीबारे  बिर्तामोड अनुगमन कार्यालयका अनुगमन अधिकृत  घनश्याम रायले गरेका  थिए । 

सहयोग समिति संयोजक कृष्ण बाहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग समिति सदस्य सोमलाल लिम्बूले स्वागत गरेका थिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक जिवन कुमार कार्की ले कार्यक्रमलाई सम्बोधन गर्दै सहारा नेपालले गरेको सहयोगले प्रहरीको हौसल्ला थपिएको र सवै सामाजिक सघं सस्थांहरुले यस्ता गतिविधीमा साथ दिनु जरुरी रहेको बताएका थिए । 

स्थापना दिवसको अवसर पारेर गत पौषमा निधन भएका गणेश अधिकारीको परिवारलाइ ३ लाख रुपैया राहात रकम समेत हस्तानतरण गरिएको थियो ।