स्वच्छ समाजका लागि सामाजिक अभियान झापाको समन्वयमा शारीरिक अपाङ्गता भएका १ जनालाई व्हीलचियर प्रदान गरिएको छ । 

शारीरिक अपाङ्गता भएका भद्रपुर १ पृथ्वीनगरका सुरेशकुमार कुर्मीलाई व्हीलचियर प्रदान गरिएको हो । 

बिर्तामोड स्थित बिभूति सर्जिकल एण्ड केमिकल सप्लायर्सका संचालक मार्बिन देवानले १२ हजार रुपैयाँ बराबरको व्हीलचियर प्रदान  गरेका हुन् । स्वच्छ समाजका लागि सामाजिक अभियानका संयोजक गणेश ढुङ्गानाको आग्रह र अनुरोधमा कुर्मीलाई व्हीलचियर दिएको कुर्मीले  बताए । 

कार्यक्रममा अपाङ्गता भएका ब्याक्तिहरुलाई सस्थाले सहयोग गरेकोमा सस्था र दाताहरुलाई प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा न ६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवाले धन्यवाद व्यक्त गरेका थिए ।