समाजसेवी शेरबहादुर थापाले नेत्रहिन संघलाई २० थान झुल वितरण गरेका छन् ।  थापाले आज बुधबार आफ्नो जन्मदिनको अवसर पारेर झापा नेत्रहिन संघको अध्यक्ष सिर्जना बराललाई झुल वितरण गरेका हुन् । 

सामाजिक उत्तरदायित्व बहन गर्दै लामखुट्टेबाट बच्नकालागि संघलाई झुल वितरण गरेको समाजसेवी थापाले जानकारी दिए । 

थापा स्वतन्त्रबाट गत स्थानीय तहको चुनावमा कन्काईनगरपालिकाको मेयर पदकालागि चुनाव लडेर उपविजेता भएका  थिए । 

थापाले लकडाउनको समयमा हजारौं नागरिकलाई खाद्ययन्न सहित आवश्यक सहयोग गरेका थिए । उनी निमार्ण व्यवसायी समेत हुन् ।