रौतहटको गढीमाई नगरपालिकामा जग्गा विवादको क्रममा गोलि चल्दा एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिकाको वडा नं. ८ धोबिनियामा जग्गा विवादका क्रममा दुई पक्ष बिच झडप हुदा गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद भएपछि १२ बोरको बन्दुक बाट गोलि प्रहार हुँदा स्थानिय राजकुमार राय यादवको मृत्यु भएको हो ।
गोली प्रहारबाट स्थानिय रामप्रताप यादव, कपिलदेव राय यादव र निरन्जन यादव घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय गरुडाबाट डिएसपीको टोली खटिएको छ ।