ओली वशं केन्द्रिय समन्वय समितीको नवौ राष्टिय महाधिवेसनबाट उमेश चन्द्र ओली निर्वाचित भएका छन् । आज शनिवार झापाको विर्तामोड स्थित ओली भवनमा भएको नवौ महाधिवेसनबाट उमेशचन्द्र ओलीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय समिती निर्वाचित भएको हो ।
समितीको सरक्षंक नारायण ओलीको प्रमुख आथित्यतामा भएको महाधिवेसनले बरिष्ठ उपाध्यक्षमा क्रमश जगदिश ओली, मिन बहादुर ओली र केशवमणि ओली चयन गरेको छ ।
त्यस्तै महासचिवमा मोहन प्रसाद ओली तथा सचिवमा जागेश्वर ओली , जिवन ओली, नारायण ओलीलाइ निर्वाचित गरेको हो ।
त्यस्तै कोषाध्यक्षमा यज्ञराज ओली निर्वाचित भएका छन । सदस्यहरुमा कोमल ओली, चन्द्रकला ओली ,सुनिता अोली , रोमनाथ ओली, रामचन्द्र ओली, ओम प्रसाद ओली, भवानी ओली, धुर्ब ओली, यज्ञप्रसाद ओली,तुलसीराम ओली सहित २१ जनाको केन्द्रिय समिती निर्वाचित भएको केन्द्रिय प्रचार विभाग सयोंजक राजकुमार ओलीले जानकारी दिए ।
त्यस्तै महाधिवेसनले पुर्व प्रधानमन्त्री केपी ओलीको सयोंजकतोमा केन्द्रिय सल्लाहकार समिती समेत निर्वाचित गरेको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
केन्द्रिय अध्यक्ष पुन्य प्रसाद ओलीको सभापतित्वमा भएको महाधिवेसनलाइ समितीका महासचिव उमानाथ ओलीले सन्चालन गरेका थिए । हाल नेपालभर २०लाख धेरै ओलीहरु बसोवास गर्छन भने झापमा मात्रै पनि ९सय ९० परिवार बसोवास रहेको पाइएको छ ।
झापाको विर्तामोड ४ मा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेको ओली वशं केन्द्रिय समन्वय समितीले ज्येष्ठ तथा उत्कृष्ठ योगदान पुराउने समाजसेवी तथा नागरिकहरुलाइ सम्मान समेत गर्दै आएको छ ।